स्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी घाइते

२०७४ चैत्र ७ गते, बुधबार

काठमाडौं, ७ चैत । अमेरिकाको मेरिल्याण्डस्थित एक हाईस्कूलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा दुई जना बिद्यार्थी घाइते भएका छन् । गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घाइते विद्यार्थी मध्ये १६ बर्षीया छात्राको अवस्था गम्भीर छ भने १४ बर्षीय छात्र भने सामान्य रहेको जनाइएको छ ।
गोली हान्ने १७ बर्षीय युवक घाइते छात्राका पूर्व प्रेमी रहेको खुलेको छ । हाईस्कूलमा बिहानी कक्षा शुरु हुनु अघि प्रवेश गरेका ती युवकले पहिले छात्रा र पछी छात्रमाथि गोली हानेका थिए ।

प्रतिक्रियाहरु