स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा स्लिम टिभी

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । के.एल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा 3.6 mm रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । OLED टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य LED टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा JBLसाउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।
सोही कार्यक्रममा स्काईवर्थको Google Android TV / Multi-functional Tee Table पनि सार्वजनिक गरिएको थियो । Google Android TV मा VOICE COMMAND बाट नै आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै Google Playstore मा गएर आफ्नो चाहना अनुसारको Application Download गर्न सकिने स्मार्ट प्रविधि छ । साथै Multi-functional Tee Table, Table मात्र नभई Refrigerator, Sound Box, Mobile Charging Unit जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । यी सार्वजनिक गरिएका तिन वटै प्रोडक्ट इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण हो । त्यस कारण यी प्रोडक्टहरुले नेपालमा पनि राम्रो बजार लिने छ भन्ने कम्पनीको दाबी रहेको छ ।
युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कारण नेपालमा पनि छोटो समयमै लोकप्रिय हुन सफल भएको कम्पनीको ठम्याई रहेको छ । साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।

प्रतिक्रियाहरु