स्कटल्याण्ड बेलायतबाट अलग नहुने

२०७१ आश्विन ३ गते, शुक्रबार


काठमाडौं । स्कटल्याण्डमा भएको जनमतसंग्रहमा स्कटल्याण्डबासीले बेलायतबाट अलग हुन अस्वीकार गरेका छन् ।बेलायतसँगै रहने कि अलग मुलुक बन्ने भन्ने विषयमा भएको जनमतसंग्रहको मतगणनामा ‘नहुने’ भन्ने पक्षमा बढी मत परेको छ। यद्यपि स्कटल्याण्डको सबैभन्दा ठुलो सहर ग्लासगोमा अलग हुने पक्षमा बढी मत देखिएको छ।
मत परिणामप्रति स्कटिस नेशनल पार्टीका उपनेता निकोला स्टरजियोनले निराशा व्यक्ति गरेका छन् । उनले भनेका छन्–जनमतसंग्रहको अन्तिम समयमा जनताले आफ्नो मन परिवर्तन गरे । सम्भवतः उनीहरुलाई बेलायतबाट अलग हुनु जोखिमपूर्ण लागेको हुनुपर्छ ।
स्कटल्याण्डका सबै ३२ क्षेत्रमा भएको जनमतसंग्रहको परिणाम घोषणा गरिनेछ । अन्तिम परिणाम आजै सार्वजनिक गरिनेछ ।
‘एस भोट’ र ‘नो भोट’का लागि स्कटल्यान्डका करीब ४२ लाख मतदाता सरिक भएका थिए । छुट्टिनेहरुले ‘एस’ तथा नछुट्टिनेहरुले ‘नो’ भोट गरेका थिए । जसमध्ये अहिसम्म्मको मत गणनामा ४६.२ प्रतिशत मत एस भोट’मा परेको छ भने ५३.८ प्रतिशत मत नो भोटमा परेको छ ।
तीन सय सात वर्षसंगैै रहेको स्कटल्यान्ड अलग्गिने विषयमा बहस चल्न थालेपछि गतवर्ष यसको टुंगो जनमत संग्रहबाट गर्ने सहमति बनेको थियो । कुनै बेला विश्वमा साम्राज्य फैलाएको बेलायत आफूसंग रहेको ४ मध्ये एक स्कटल्यान्ड गुमाउँछ वा संगै राख्न सफल हुन्छ भन्नेमा विश्वकै ध्यान तानिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु