सौर्य उर्जाबाट चल्ने विमान !

२०७६ श्रावण १५ गते, बुधबार

काठमाडौं , १५ साउन । चीनले लगातार दुई वर्षको अनुसन्धानपछि सौर्य उर्जाबाट चल्ने विमानको सफल परीक्षण गरेको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । जनाइएअनुसार मानव रहित विमानको हालै चीनले सफल परीक्षण गरेको हो । विमानको प्रयोग धेरै ठाउँमा गर्न सकिने जनाइएको छ ।
चीनले बनाएको यस विमानको नाम मोजी (MOZI 2) राखिएको छ । चीनले यही २७ जुलाईमा सौर्य उर्जाबाट चल्ने विमानको सफलतापूर्वक परीक्षण गरेको हो । चीनको झेजियांग प्रान्तको मोंगशान विमानस्थलमा विमानको पहिलो सफल उडान गरिएको जनाइएको छ । विमानको पंख्या १५ मिटर लामो छ । यो विमान अधिकतम ८ हजार मिटरसम्मको उडान भर्नसक्ने बताइएको छ । पुरा चार्ज भएको खण्डमा विमान लगातार १२ घण्टासम्म उड्न सक्ने बताइएको छ । निर्माता कम्पनीका अनुसार हाल बनाइएको विमानले आपतकालिन अवस्थामा राहतको लागि र सञ्चार सुविधाको लागि प्रयोग गर्न सकिने बताएको छ । -एजेन्सी

प्रतिक्रियाहरु