सैनिक क्याम्पमा विष्फोट : ७१ जनाको मृत्यु

२०७६ मंसिर २८ गते, शनिबार

काठमाडौं २८ मंसिर । अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा ७१ जना सैनिकको मृत्यु भएको छ । मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्सको सैनिक क्याम्पमा भएको सो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत सोमबार अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्रोही लडाकु मारिएका थिए । पछिल्लो समय माली र यसका छिमेकी नाइजर र बुर्किना फासोमा पनि द्वन्द्व तिब्र गतिमा बढेको बताइएको छ । नाइजेरियामा स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण भने बढिरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु