सैद्धान्तिक आधारबिनाको एकता औचित्यहिन – पुष्पगोपाल श्रेष्ठ

२०७३ बैशाख १८ गते, शनिबार

अन्तरराष्ट्रिय गीत गाउनकै निमित्त मात्र होइन, त्यसको भावपूर्ण व्याख्या विश्लेषण गर्न र हाउभाउ(अभिनय)द्वारा उतार्न पनि सिक्नु जरुरी छ । अन्तरराष्ट्रिय गीत र लेनिनको लेखले माक्र्सवादी पक्षधरता र दृष्टिकोण प्रस्तुत गरेको छ । यी रचनाहरुले दबिएकाहरु उठ र सत्यका लागि लड भन्छ । वास्तवमा भन्नुपर्दा यहाँ कोहि पनि त्यस्तो सर्वशक्तिमान मुक्तिदाता छैन् न त त्यसका लागि इश्वर र राजा महाराजाहरुको भर पर्न सकिन्छ । हामीले हाम्रो मुक्तिको लागि हामी आपैंm माथि नै पूर्णरुपमा भर पर्नुपर्छ । यो दुनियाँ मान्छे बस्न लायक कसले बनायो ? हामी श्रमिकहरुले बनायौं ।
अन्तरराष्ट्रिय गीत ले भन्छ, हामी त्यतिबेलासम्म एकगठ भइरहनुपर्छ, जतिबेलासम्म साम्यवाद वास्तवमा आउँदैन । यदि तपाइले माक्र्सवाद पढनु भयो भने त्यसले एकगठ हुने सिकाउँछ, टुक्रिन होइन । तर के गर्नु, यहाँ विदम्वनाको कुरा त यो छ कि अन्तरराष्ट्रिय गीत गाउँदा छाति फुकाएर घोक्रोनै सुक्ने गरी ठूलठूला स्वरले गाउँने, भाषण गर्दा माक्र्सवादका अनेकन टुक्का जोडेर प्रभावकारी ढङ्गले विदुरता छाँतने, व्यवहार भने ठिक यी सवका उल्टा अर्थात तिर स्कृत भाव अपनाई पार्टीभित्र पूmट पैदा गर्दै हिंड्ने ।
कुनैपनि प्रकारको दलबन्दी कति हानिकारक र अनुचित हुन्छ भन्ने कुरा सबै वर्गसचेत क्रान्तिकारीहरुले बुझनु आवश्यक छ । किनभने विभिन्न गुटहरुमा प्रतिनिधिहरुले चाहे जतिसुकै नै पार्टी एकता कायम राख्न किन नचाहुन्, व्यवहारमा यस्तो गुटबन्दीले मिलिजुली काम गर्न बाधा पु¥याइरहेको हुन्छ । यस्तो क्रियाकलापको वास्तविक स्वरुपले, प्रतिक्रान्तिकारीहरुलाई सत्ता सुम्पन चाहन्छन् जसको बाहय राजनैतिक रुप हेर्दा तिनीहरु जनवादी सत्ता स्वीकार्न अत्यन्त तत्पर देखिन्छन् ।
सच्चा क्रान्तिकारीहरु त खाँटी माक्र्सवादी–लेनिनवादी–माओवादी हुनुपर्ने, संशोधनवादी होइन । उनीहरु बहुसंख्यक नेपाली र साराविश्वका जनताको नेतृत्व गर्ने सच्चा क्रान्तिकारी हुनुपर्ने, उनीहरु त्यस्तो सर्वहारा नेतृत्व हुनुपर्ने, जसले बहुसंख्यक जनतालाई एकगठ र नेतृत्व गर्नसक्छ । उनीहरु पार्टीको जनवादी केन्द«ीयता लागु गर्ने नमुना व्यक्ति हुनुपर्ने, र नेतृत्वका लागि ‘जननीति’ लागु गर्न अगुवा हुनुपर्ने । र उनीहरु सहनशील दूरदृष्टिवाला हुनुपर्ने तथा ठालु पल्टने र व्यक्तिकेन्द«ीत प्रवृतिलाई घूलो चटाउने प्रकृतिको हुनुपर्ने । तर, दुःखलाग्दो कुरो क्रान्तिकारीहरु यतिखेर ठिक यसको विपरित ध्रुवतिर आकर्षित बन्दैगइरहेको देख्नमा आउनु ।
यतिखेर दलवन्दीको विरुद्ध चलाइने व्यावहारिक संघर्षमा पार्टीको प्रत्येक संगठनले, कसैले कुनैपनि प्रकारले गुटवन्दी कार्य गर्न नसकोस् भन्ने कुराको कडाइकासाथ निरीक्षण गर्नु आवश्यक छ । निसन्देह पार्टीका कमि–कमजोरीहरुको बारेमा स्वच्छ आलोचना गर्नु आवश्यक छ । जसले गर्दा सबप्रकारका व्यवहारिक प्रस्तावहरु बारे स्पष्ट रुपमा पार्टीका नेतृत्वकारी, स्थानीय तथा केन्द«ीय अङ्गहरुमा बिना रोकटोक तडारुकता अपनाउन सकियोस् । यसो गर्दैगर्दा, आलोचना गर्ने प्रत्येक व्यक्तिले आलोचना गर्दा ध्यान केन्द«ीत गर्नु पर्ने कुरा–पार्टी कस्ता शत्रुहरुद्वारा घेरिएको छ भन्ने कुरो बिर्सेर पनि भुल्नु हुन्न ।
अवश्य पनि प्रचार कार्यद्वारा पहिले भएका ती क्रान्तिकारीहरुको अनुभवका बारेमा पनि जानकारी दिइनु पर्दछ, जब प्रतिक्रान्तिले सर्वाधिक क्रान्तिकारी पार्टीको सबभन्दा नजीक भएको विरोधी पक्षको समर्थन गरेको थियो । जसले गर्दा क्रान्तिकारी अधिनायकवादलाई हल्लाउने र उल्टाउन सकियोस र यस प्रकारले अगाडी गएर प्रतिक्रान्तिको लागि पूँजीजीविहरु तथा जमीन्दारहरुको पूर्ण विजयको लागि बाटो खोल्न पुगेका थिएलाई नै निरन्तरता कायम गर्न, सैद्धान्तिक परिवेशलाई अनेकौं बेवधान खडा गर्ने मनसायकासाथ सैद्धान्तिक विषय वस्तुलाई गोलमटोल तरिकाले व्याख्या र विश्लेषन गरी पार्टी एकताको नाममा पार्टी एकताको निमित्त मरिहत्थे गर्दै हिंड्नु, क्रान्तिकारी कम्युनिष्ट पार्टीका कुनैपनि सच्चा क्रान्तिकारीहरुको निमित्त यो कुरो शोभनिय हुनसक्दैन ।
पूर्णतः सुसंगत साम्यवादी पथबाट किंचित मात्रामा पनि बिचलित हुँदा कसरी सर्वहारावर्गका शत्रुहरुले यसबाट फाइदा उठाउँछन् भन्ने कुराको ज्वलन्त उदाहारण त नयाँ जनवादी क्रान्ति(ऐतिहासिक दस वर्षिय जनयुद्ध)बाट शान्ति प्रक्रियामै पाइन्छ । प्रतिक्रान्तिकारी, तत्कालीन ती वर्ग–शत्रुकोतिका सात दलले शान्ति–प्रत्रियालाई हात्तिको देखाउने दाँत अनुरुप प्रयोग गर्दै आफ्नो अनुकुलतामा धाल्दै गर्दा, जनयुद्धका मूल नेतृत्व उनीहरुको सामु पुरै निरिहवनी वर्गिय तथा राष्ट्रिय आत्मसमर्पन गरी, ऐतिहासिक दस वर्षिय जनयुद्धलाई वर्गिय दुश्मनहरुकै इरादा अनुरुप जनयुद्धकालका ती उपलब्धिहरु सबै उनिहरुकै चरणमा उपहार स्वरुप चदाई, नयाँ जनवादी क्रान्ति(दस वर्षिय जनयुद्ध)लाई त्यतिकै बिच बाटोमा अलपत्रपारी बेवारिसे भैंm गरी टुहाउन पुगेका थिए ।
हाम्रो पार्टीभित्र अहिले पनि केहि कामरेडहरु यस्तो हुनुहुन्छ, जो नेता तथा नेतृत्वदायी संस्थाहरुभन्दा फरकखालको कुरा छलफलमा ल्याए अर्थात त्यस्तो विचार अघि सारेमा ठालुको रवाफ जमाई जनतालाई तर्साउने गर्नुहुन्छ । आपूm व्यक्तिकेन्दि«त मानसिक्ताभित्र खुमचेर, समस्यामाथि छलफल चलाए तुरुन्तातुरुन्तै जनतामाथि अङकुस लगाउनुहुन्छ र अरुलाई बोल्न रोक लगाउनु हुन्छ । यो त हद दर्जाको बेइमानी हो, होइन र ? जनवादी केन्द«ीयताको कुरा हाम्रो पार्टीको विधानमा पनि उल्लेख गरिएको छ तर ती नै कामरेडले गर्दा कार्यान्वयन नै गरिएका छैनन् सरह छ । जसले गर्दा आज पार्टीभित्र गुटवन्दी मौलाउन पुगिरहेको छ ।
हामीले त्यस्तो राजनीतिक वातावरण निर्माण गर्नुपर्छ जहाँ केन्द«ीयता र जनवादी, अनुशासन र स्वतन्त्रता, उद्देश्यमा एकता बैयक्तिक जीवनमा स्वतन्त्र विवेकको प्रयोग गर्न पाउनुपर्छ, जुन जीवन्त र उत्साहवद्र्धक होस् । यसप्रकारको वातावरण पार्टीभित्र र पार्टीबाहिर दुबैमा हुनुपर्छ । त्यस्तो राजनीतिक वातावरण तयार नगरिकन जनताको उत्साहलाई परिचालन गर्न सकिंदैन ।
बुर्जुवा समाजबाट सर्वहारावर्गको राजनीतितर्पm संक्रमण–एक अत्यन्त कठिन संक्रमन हुन्छ र हो । अझ त्यसमाथि बुर्जुवावर्गको विश्वका सम्पूर्ण भने जस्तै प्रचार–प्रसारको आफ्नो सम्पूर्ण व्यवस्थाद्वारा हामीलाई बदनाम गरिरहेको हुन्छ । उसले सर्वहारा अधिनायकवादको अझ बढी महत्वपूर्ण कार्यको, यसको प्रशिक्षात्मक कार्यको, जसको नेपालमा विशेष महत्व छ, जहाँ जनसंख्याको अत्यन्तै अल्पभाग मात्रै सर्वहारावर्गमा पर्छ, यीनलाई जसरी भएपनि महत्व घटाउने प्रयत्न गरि रहेको हुन्छ । फेरि हामीले नेपालमा नै यस कार्यलाई प्राथमिक महत्व दिनुपरेको छ , किनभने हामीले जनसमुदायलाई नयाँ जनवादी (क्रान्ति)को लागि भित्रै देखि तयार पार्नु छ ।
मुलुकको राजनीति अत्यन्तै जतिल मोडबाट गुज्रन्दै गरेको वर्तमान स्थितिमा, हाम्रा कतिपय स्थापित नेतागणहरु सैद्धान्तिक आधार बिना नानाभाँतिका गोलमतोल भाषामा पार्टी एकताको रतान रत्दैमा बेष्ट रहि आएको देखिन्छ । त्यसमा पनि विशेषत पार्टीका महामन्त्रिद्वारा २०७३ बैशाखमा सम्पन्न केन्द«ीय समितिको पूर्ण बैठकमा प्रस्तुत “पार्टी एकता र विजयका नयाँ सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक आधारहरु” शीर्षकको पुरक प्रस्तावको रुपमा प्रस्तुत सो प्रस्तावमा उल्लेख वाक्य “सर्वहारा नेतृत्व यान्त्रिक÷नोकरशाहिरुपमा होइन, त्यसलाई सृजनात्मक-प्रतिस्पर्धात्मक ढङ्गबाट स्वीकृत गराउनु पर्दछ”ले तत्कालिन नेकपा(माओवादी)का अध्यक्षद्वारा २०६०साल जेष्ठमा सम्पन्न केन्द«ीय समितिको बैठकमा “इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे” शीर्षकको प्रस्तुत प्रस्तावमा पनि ‘सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक दल, संघ–संस्था, जस्ले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनीहरुको बिचमा कम्युनिष्ट पार्टीलाई सहयोग मात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनीतिक प्रतिस्पर्धा गर्ने द्वन्दात्मक सम्बन्धमा जोड दिनुपर्दछ, नेकपा(माओवादी)का ऐतिहासिक दस्तावेजहरु पृ.२५६
यद्यपि यी दुई प्रस्ताव बेग्ला बेग्लै समय र परिस्थितिमा प्रस्तुत प्रस्तावहरुको भाषा, शैलि र वाक्याम्सहरुको समायोजन बिलकुल भिन्न भएर पनि सोच एउटै हुन आउनुलाई कुनै कागतालि(संजोग) मात्र जुतन आएको भनेर मान्नु किमार्थ मिल्दैन ।
यस्तै सन्दर्भमा माओले कम्युनिष्ट पार्टीबाहेकका सामन्तवादी र साम्राज्यवाद विरोधी देशभक्त जनवादी तथा बाम पार्टीहरुलाई राज्यसत्तामा सहयोगी भूमिका प्रदान गर्ने शक्तिका रुपमा प्रस्तुत गर्नु भएको थियो । परन्तु उक्त प्रस्तावहरुमा त्यसप्रकारका पार्टीहरुलाई सहयोगी मात्र होइन, प्रतिस्पर्धी भूमिका समेत दिइनुपर्ने कुरा बताइएको छ । यसको अर्थ जनताको जनवादी वा सर्वहारावादी अधिनायकत्वमा आधारित राज्यसत्ता माथि बुर्जुवाई सोचले गरिएको संशोधन र यो भीषन हमला हो ।
प्रस्तुत उक्त प्रस्तावको सतही रुप हेर्दा क्रान्तिकारी धारामा यथावत समाहित रहेको जस्तो देखिन्छ, तर लेखाइको गम्भिरता भाषा, शैलि र वाक्याम्सको गहिराईलाई टटोलि हेर्दा देख्नमा आएको यथार्थता दक्षिणपन्थि अवसरवादको ढोका खत खताउन पुगेको आभाष मिल्न आउनुलाई केहि गरेर पनि नकार्न नमिल्नुले पार्टीभित्र असहज स्थिति सृजना त हुनपुगेको छ नै । फेरी यस्तो स्थिति सृजना हुन आउनुलाई लिएर अनौथो र आश्चर्य मानिरहनु पर्ने कुनै कारण छैन । किनभने कुनै एक समयको सच्चा क्रान्तिकारी, सदावहार क्रान्तिकारी नै भइरहन्छ वा भईरहनुपर्छ भन्ने कुरा सही होइन । आजको क्रान्तिकारी भोलि गएर प्रतिक्रान्तिकारी पनि बन्न सक्छ बनेको, यस्तो घटना र स्थिति विश्वको क्रान्तिकारी ईतिहासमा प्रशस्त देखिन्छ र भेतिन्छ ।
हामी यतिखेर घरेलु प्रतिक्रियावादी तथा अन्तरराष्ट्रिय साम्राज्यवाद, विस्तारवाद(बुर्जुवावर्ग)संग संघर्षको ऐतिहासिक युगमा बाँचिरहेका छौं । वर्तमान स्थितिमा यीनिहरु देख्नमा हामी भन्दा कता हो कता शक्तिशालि छ । यथार्थमा यीनिहरु भित्र भित्रै खोक्रो भइसकेका छन् । तरपनि यस्तो संघर्षको समयमा हामीले क्रान्तिकारी निर्माण कार्यको संरक्षण गर्नैपर्छ । बुर्जुवावर्गको विरुद्ध संघर्ष गर्नुपर्दछ र सामरिक तरिकाले वा त्यसभन्दा पनि बढी वैचारिक तरिकाले, प्रशिक्षणको तरिकाले संघर्ष गर्नुपर्छ । जसले गर्दा ती सब चाल चलन, आस्थाहरु जसको क्रान्तिकारीहरु(मजदुरवर्ग)लाई राजनैतिक स्वाधिनताको लागि आफुले गर्दै आएको संघर्षमा कैयौं दशकहरुको दौरानमा, ती सब बानी तथा विचारहरु समस्त श्रमिक जनताको तालिमको साधन बनोस, कसरी उनीहरुलाई तालिम गर्ने हो भन्ने प्रश्न समाधान गर्ने काम चाहिं क्रान्तिकारीहरुकै हो । सर्वहारावर्गको त्यस संघर्षबाट अलग्गिएर बस्नु हुन्न जस्ले आज विनाअपवादा विश्वका समस्त पूँजीवादी राष्ट्रहरुलाई ओगटेको छ । सम्पूर्ण अन्तरराष्ट्रिय राजनीतिबाट अलगिएर बस्न सकिन्न भन्ने कुरा प्रति हामीले उनीहरुलाई सचेत तुल्याउन सक्नु पर्दछ । यो बेला हामी आपस्तमा बाजाबाज गरेर समयलाई खेर फाल्न छोडेर, समझदारीपूर्ण ढङ्गले सचेतता अपनाई मालेमावादी सैद्धान्तिक धरातलमा उभिएर क्रान्तिकारी कार्यदिशालाई बिनाहिचकिचाहत अङ्गीकार गरी पार्टी एकताको निमित्त खरोभई जुत्ने बेला हो र जुझारु ढङ्गले एकगठ हुनु नै पर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु