सेल्फीको मद्दतबाट हत्यारा पहिचान

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौँ, ५ माघ । पछिल्लाे समय सेल्फीमोह बढ्दै गएकाे छ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । सेल्फीलाई सामान्य रुपमा लिइए पनि क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको छ । शायेन एन्टोनी नाम गरेकी एक युवतीले पोस्ट गरेको सेल्फीको मद्दतबाट प्रहरीले हत्यारा पहिचान गरेको हो । एन्टोनीकी साथी ब्रिटनी गैरगोलको हत्या भएको थियो । सन् २०१४ मा भएको सो हत्याको बारेमा अदालतले हालै फैसला सुनाएको हो । अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ । प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।
प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपछि प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार