सेनाको निःशुल्क स्वास्थ्य शिविरवाट ६ सय जना लाभान्वित

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं, ९ बैशाख । नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरवाट ६ सय जना लाभान्वित भएका छन । सेनाको एक नम्बर जगदल गणले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नं. ५ खरकन्टारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । हेटौंडा, बैशाख ९ । नेपाली सेनाको एक नम्बर जगदल गणले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नं. ५ खरकन्टारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
विपन्न वर्ग तथा सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ६ सयभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । शिविरमा चितवन मेडिकल कलेजका ८ जना विशेषज्ञ चिकित्सकसहित ३६ जनाको टोलीले सेवा दिएको एक नम्बर जनदल गणका गणपति रामचन्द्र थापाले जानकारी दिए ।उनले सामाजिक सेवाबाट जनता र सेनाको सबन्ध बलियो बनाउने उद्देश्य राखिएको बताए ।

प्रतिक्रियाहरु