सेजुवालको ‘ यात्रा ‘ बजारमा

२०७३ असार ६ गते, सोमबार

काठमाडौँ, ६ असार । बिबश कुमार सेजुवाल युद्धको समयमा सुदुर र मध्यपश्चिमको भुभागमा चर्चित नै नाम थियो । विशेष त आफ्नो जीवनको लामो समय सेजुवालले सास्कृतिक मोर्चामा रहेर गित संगित मार्फत सुदुरका बस्तीहरुमा जनबादी गित संगितले जनताको चेतनामा प्रगतिशील बिचार रोप्ने काम महत्त्वपूर्ण रहेको मानिएको छ । सेजुवाल बिशेष त सास्कृतिक मोर्चामा रहदा गित,कथा,कविता ,यात्रा सस्मरणमा विशेष रुचि रहेको भेटिएको छ । सेजुवालको पहिलो कविता सङ्ग्रह ( अमर दिप ) २०६५ र यात्रा सस्मरण ( म रोएको त्यो दिन ) २०६८ गरि दुइटा पुस्तक पनि प्रकाशन भैसकेका छन ।
सेजुवाल पछिल्लो समयमा प्रगतिशील बिचारमा आफ्नो बैचारिक अडान प्रष्ट सङ्ग राख्ने मध्यका एक युवा लेखक हुन र उनी सङ्ग सास्कृतिक मोर्चा र युद्धब्याटलको तातो अनुभव पनि छ । सेजुवालको गित भने पहिलो पटक सार्बजनिक हुँदैछ । ( यात्रा गितले बिशेष त बिराशत र बर्तमानको यथार्थलाई पस्कने जमर्को गरेको छ । तर जीवनबाट हार खाएको छैन … यो सेजुवालको प्रगतिशील जनबादी गित हो । यसमा स्वर चर्चित गायिका निर्मला घिसिङले दिएकि छन भने संगित जनबादी वरिष्ठ संगितकार सुशील सिङ ठकुरीले दिएका छन । रचनाकार सेजुवाल स्वयमको रहेको छ । गितको छोटो एक अंश :
यात्रा सुरु अधेरी रातको
सङ्लो जुनको खोजीमा हिडेको
जब जुनले नै गिज्याउदै भन्छे
जीवन त्यो हो पूरा नहुदै मेटिएको

प्रतिक्रियाहरु