सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्नैपर्ने

२०७१ कार्तिक १४ गते, शुक्रबार

काठमाडौ, १४ कार्तिक । सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङको न्यूनतम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्नैपर्ने प्रावधान बनाएको छ ।स्वास्थ्यमन्त्री खगराज अधिकारीले संशोधित ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१’ बिहीबार जारी गरेका हुन् । हालसम्म ७५ प्रतिशत भागमा यस्ता चित्र छाप्दै आएका कम्पनीहरूले २०७२ जेठ १ गतेदेखि ९० प्रतिशत भागमा छाप्नुपर्नेछ ।

प्रतिक्रियाहरु