सुर्तीजन्य पदार्थको फुटकर बिक्री गर्न प्रतिबन्ध

२०७१ माघ ३ गते, शनिबार

काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूणारूपमा रोक लगाउने निर्ण्रागरेको छ । अब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थ खिल्लीमा बिक्री गरेमा १० हजार रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१’ मंगलबार जारी भएको हो । स्वास्थ्य मन्त्रीस्तरीय निर्ण्रााट सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ र नियमावलीमा भएका अस्पष्टता हटाउन निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ । निर्देशिका जारी भएसँगै सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न बनेका ऐन तथा नियमावलीमा भएका व्यवस्था प्रभावकारी कार्यान्वयन गर्ने बाटो खुलेको छ । निर्देशिकाको दफा २८ मा चुरोट, बिँडी, सिगार र इलेक्ट्रोनिक सिगरेटजस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रूपमा बिक्री-वितरण गर्न नपाउने उल्लेख छ । निर्देशिका अनुसार इलेक्ट्रोनिक सिगरेट उत्पादन, आयात, बिक्री-वितरण, र्सार्वजनिक स्थल र र्सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्नसमेत निषेध गरिएको छ । करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कक्कड, चिलिम, सुपा, खैनी, सुर्ती, गुट्खाजस्ता सर्र्तीजन्य पदार्थ बिक्री-वितरण गर्नसमेत पाइने छैन । र्सार्वजनिक स्थलमा धुम्रपान वा सुर्ती सेवन गर्न रोक लगाउने र नमानेमा वा पटक-पटक धुम्रपान गरेमा र्सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा सय रूपैयाँ जरिवाना वा दुवै सजाय गर्ने नियम छ । र्सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्ति कर्मचारी भएमा विभागीय कारबाहीसम्म गर्न पनि नियम छ । मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने धुम्रपान तथा सर्ुर्तीजन्य पदार्थको आयात, उत्पादन तथा बिक्री न्यूनीकरण गर्न बनेको ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न निर्देशिका लागू गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले सर्ुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न बनेको ऐन तथा नियमावलीका अस्पष्टता स्पष्ट गर्न निर्देशिका ल्याइएको बताए । निर्देशिकाले सर्ुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, कार्टु पार्सल प्याकेजिङमा स्टिकर टाँस्दा र प्याकेजिङ गर्दा चेतावनीमूलक सन्देश चित्र छोपिने, ब्रि्रने र च्यातिने गरी टाँस्ने र प्याकेजिङ गर्न नपाउने स्पष्ट गरेको छ । हाल आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकर चेतावनीमूलक सन्देशहरू छोपिने गरी टाँसिने गरिएको छ । निर्देशिकामा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट बनाउँदा भित्री र बाहिरी दुइवटा बट्टा, प्याकेट बनाई सर्ुर्तीजन्य पदार्थ प्याकेजिङ गर्नसमेत नपाउने व्यवस्था निर्देशिकामा छ । केही चुरोट कम्पनीले दुइवटा प्याकेट बनाई सुर्तीजन्य पदार्थको प्याकेजिङ गर्ने गरेका छन् । निर्देशिकाको दफा ४८ मा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन र प्रयोजन हुने गरी सुर्तीजन्य पदार्थको खरिदसँगै किरिङ, टिर्सट बेसबल, चुरोट वा यस्तै प्रकारका अन्य वस्तु वा लाइटर उपहारस्वरूप दिन वा लिन नपाउने व्यवस्था गरिएको छ । मन्त्रालयका कानुन अधिकृत बाबुकाजी बानियाँले निर्देशिका आएपछि सुर्तीजन्य पदार्थको ऐन तथा नियमावलीमा अस्पष्ट भएर कार्यान्वयनमा देखिएका समस्या समाधान हुने बताए । ‘निर्देशिकाले अब बाटो खोलिदिएको छ । अब ऐनअनुसार कारबाही गर्न सजिलो हुन्छ ।’ एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानुनी अस्पष्टता चिर्न निर्देशिका सहयोगी बन्ने र अब कार्यान्वयनमा सहज हुने बताए । उनले भने, ‘अहिले मन्त्री, सचिव, सरकारी अधिकारी र सरोकारवालाहरूको टिमवर्क मिलेको छ । सर्ुर्तीजन्य पदार्थको नियन्त्रण गर्न बनेको ऐन-कानुनले नेपाललाई विश्वसामु गर्वका साथ परिचित गराएको छ । त्यसैले हामी सरोकारवाला स्वास्थ्यमन्त्रीप्रति कृतज्ञ छौँ ।’ गत कात्तिकमा सरकारले सुर्तीजन्य पदार्थका बट्टामा सेवनबाट स्वास्थ्यमा पर्ने असर उल्लेख भएका चेतावनीयुक्त सन्देश तथा रंगीन घातक चित्रले छोपिने भाग ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याएको थियो । सुर्तीजन्य पदार्थको प्याकेटका सबैभन्दा बढी भागमा चेतावनीयुक्त सन्देश तथा घातक चित्र छाप्नुपर्ने व्यवस्था गर्नुमा नेपाल विश्वमै पहिलो राष्ट्र बनेको छ ।

प्रतिक्रियाहरु