सुरक्षा निकायलाई किन दाेष ? – पदम राई

२०७४ मंसिर १९ गते, मंगलवार

अाफ्नाे बुद्धि छैन,
सुरक्षा निकायलाई दाेष ?
न उसले –
भाेज खान पाउँछ ?
न उसले माेज गर्न पाउँछ ?
न उसले दाम पाउँछ,
न उसकाे नाम अाउँछ !
न त बचाउँ बचाउँ लाग्ने देशकाे व्यवस्था,
न त जाेगाउँ जाेगाउँ लाग्ने नेताकाे अवस्था !
न त उसले हार्ने,
न उसले जित्ने !
हार्नेले हारेर उसकाे के विग्रन्छ ?
जित्नेले जितेर उसकाे के सप्रन्छ ?
दलालहले खाएर उभ्रिएकाे तलव नामकाे कनिका छरेर जाेस, जाँर र बिवेकशिल हराभरा युवाहरुलाई “न गरि खानु, न मरी जानू” काे अवस्थामा पुय्राउने, उसकाे भित्रि पीडा र व्यथा के छ केही थाहा नपाउने अनि “मेराे सुरक्षा गर” भनेर हुकुम फर्मान मात्रै बकस हुने भए पछि तिम्राे असली सुरक्षा कसरी हुन्छ त महाशय ?
सुरक्षा कर्मी भनेकाे राष्ट्र र समाजकाे लागि हाे, दलालहरुकाे पेवा त हाेईन नि !
कथित लाेकतान्त्रिक गठबन्धन र कथित बाम गठबन्धनका शिर्स नेताहरु पटक पटक सत्ताकाे मुख्य कुर्सिमा पुगेकाे हाेईन ? याे कुरा अाम नेपालीलाई थाहा छ । अनि सुरक्षा कर्मीलाई थाहा छ ।
अहिले सम्म जनताका लागि र राष्ट्रका पक्षमा काम गर्न के ले राेक्याे हँ….? हिम्त र बिवेक छ भने भन- तिमिहरुलाई जनताकाे काम गर्न नदिने तत्व के हाे ? तिमिहरुलाई राष्ट्रकाे सुरक्षा गर्न नदिने शक्ति के हाे ? जनता त्यसका विरुद्ध लड्न र तिमिहरुकाे सुरक्षामा हमेसा साथ दिन तयार हुनेछ । हैन भने याे बकवास किन ?
प्रधान मन्त्रीकाे पदकाे सपथ लिन भ्याएकाे छैन हतार हतार भारत भ्रमण भन्दै दिल्ली पुगेर अपर कर्णाली तिम्राे, सप्तकाेशी हाईड्याम्प तिम्राे, अरुण तेस्राे तिम्राे, सबै नदिनाला तिम्राे, जंगल र जडिबुटि पनि तिम्राे, म पनि तिम्रै हाे भन्दै बिदेशीकाे सामू लम्पसार परेर नेपाल र नेपालीलाई टुक्रा टुक्रा पारेर भारतलाई बेच्नु भनेर तिमिहरुलाई नेपाली जनताले प्रधान मन्त्री बनाएका थिए ?
बिदेशीकाे दलाल् भएस ,, नेपालीलाई नाेकर वनाएस, जनता रुवाएस, अाफू र अासेपासे मात्रै हाँस्ने शासन चलाएस…! भनेर तिम्रा पुर्खाले अाशिष दिएका थिए ? हँ ?
अाफू झण्डावाल गाडीमा हाेउन्जेल दिल्ली वासिंगटन र अरु देशका सहर, रेस्टुरेण्ट र त्यस देशका सुकिला मुकिला सत्ताधारीहर मात्रै देख्ने अनि चुनाव अाएपछि कहि नभएकाे नाटक मञ्चन गर्दै “साधु विरालाे भएर जनताकाे झुपडी चिहाउँदै, नमस्कार गर्दै अाउने ?
अनि तिमिलाई सुरक्षा दिनु पर्ने, भाेट दिएर अाफैलाई हैरान पार्ने, अाफैलाई किच्याउने नेता नामकाे चप्लेटी बनाउनु पर्ने ? अाफू बाँच्न र परिवार बचाउन चर्काे व्याजमा ऋण काढेर सुख पाउने मिठाे सपना बाेकेर विदेशिएका युवाहरु विदेशमा काम छाेडेर महंगाे प्लेन चढेर नेपाल अाउनु पर्ने अनि भाेट दिएर फेरि तुरुन्तै विदेशै हाँकिनु पर्ने । बिदेशकाे ताताे भूमिमा हातपाउ चलुन्जेल बाच्नु र परिवार बचाउनु पर्ने भएपछि, हाम्राे दुखमा तिम्राे रमिता मात्रै हुने भएपछि तिमिलाई के कती कारणले भाेट दिनु पर्ने हँ……?
तिम्राे सुरक्षा केका लागि र किन गर्नु पर्ने हँ…?
जवाफ् चाहियाे ..! तु.. जवाफ चाहियाे । हैन भने तिम्राे अादेश तिमितिरै …. ! बेलैमा बुझे भलाे हाेला….!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु