सुरक्षाकर्मीमाथि बम प्रहार, सांसदहरुसहित लोकतन्त्रका समर्थकहरु गिरफ्तार

२०७६ भाद्र १५ गते, आईतवार

काठमाडाैँ, १५ भदाै । सुरक्षाकर्मीले सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न बल प्रयोग गरेको छ । हङकङमा जारी प्रदर्शनमा रोक लगाएपनि स्थानीयले बिरोध जारी राखेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर पारेको थियो । विरोधका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि झडप भएको बिबिसीले जनाएको छ । हङकङमा पूर्ण लोकतान्त्रिक निर्वाचनमा चीनले रोक लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा सर्वसाधारणले बिरोध र्याली निकालेका हुन् । प्रदर्शनकाक्रममा सांसदहरुसहित लोकतन्त्रका समर्थकहरुलाई सुुरक्षाकर्मीले गिरफ्तार गरेका थिए । विगत लामो समयदेखि सुपुर्दगीसम्बन्धी विधेयकको विरोध गर्दै सर्वसाधारणले आन्दोलन गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु