सुबिसु क्यान इन्फोटेक माघ ११ देखि

२०७४ माघ ८ गते, सोमबार

काठमाडौं, ८ माघ । क्यान महासंघको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पूरा भएको छ हिजो राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले ६ दिने सूचना एवं प्रविधिसम्बन्धी मेलाको तयारी पूरा भएको जनाएको हो । मेला यही माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा हुँदैछ ।
मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सूचना तथा सन्चार–प्रविधिसम्बन्धी कम्पनीहरुले सहभागिता जनाउने क्यान महासंघका महासचिव रन्जीतकुमार पोदारले जानकारी दिए । अवलोकनकर्ताले एकैथलोमा सूचना तथा सन्चार–प्रविधिका नयाँ उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउनुका साथै यससम्बन्धी पछिल्ला जानकारी प्राप्त गर्ने सक्नेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स्, मोबाइल एक्सेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनलगायतका २२२ स्टलहरु रहने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु