सुबिसुको “Clear TV” सेवा शुभारम्भ

२०७१ आश्विन ३१ गते, शुक्रबार


काठमाडौ । सुबिसु केवल नेटले नेपालमा पहिलो पटक डिजिटल केवल टेलिभिजन “Clear TV”सेवाको शुभारम्भ गरेको छ । सुबिसुले बिहिबार साँझ आयोजित औपचारिक कार्यक्रममार्फत “Clear TV”सेवाको शुभारम्भ गरेको हो ।पहिलो चरणमा यो सेवा राजधानीका ग्राहकहरुले उपयोग गर्न पाउने छन् । सर्वसाधरणको लागि यो सेवा लिन कात्तिक १५ सम्म कुर्नुपर्नेछ । शुभारम्भ कार्यक्रममा सूचना तथा संञ्चार मन्त्री मिनेन्द्र रिजालले नाम जतिकै यो टिभीले ग्राहकलाई क्लियर पिक्चर उपलब्ध गराउन सफल हुने बिश्वास ब्यक्त गरे । साथै उनले अन्तराष्ट्रिय दुरसंचार युनियनले २०१७ सम्ममा सबै टेलिभिजनहरु डिजिटलमा जाने लक्ष्य पुरा गर्न यो कदमले सघाँउ पुर्याउने समेत बताए ।
सुबिसुको यस टेलिभिजनबाट नेपालका दर्शकहरुले ‘हाइ डेफिनेशन च्यानलहरुको आनन्द लिइ फरक स र स्तरीय टेलिभिजन सेवाको अनुभव प्रात्त बताइएको छ ।भिडियो क्षेत्रमा नै यो सेवा अन्तराष्ट्रिय स्तरमा नै प्रमाणित भैसकेको गुणस्तरीय सेवा हो, यो टेलिभिजनमा ग्राहकले चाहेको कार्यक्रम रेकर्ड गरेर आफ्नो समय अनुसार पनि हेर्न सकिने सुबिसुका कार्यकारी अधिकृत विनय मोहन साउदले जानकारी दिए ।
“Clear TV” मा बिभिन्न नेपाली च्यानल, समाचार, चलचित्र, खेलकूद, बृत्रचित्र, जीवनशैली, जस्ता च्यानलबाट ग्राहकहले अद्भुत अनुभव लिने सुबिसुले बताएको छ ।
यस टिभीमा एउटै स्क्रिनमा सम्पूर्ण सेवाहरु, मनपर्ने च्यानल सूचिकृत गर्न सकिने, आफूलाई मन लागेको कार्यक्रम चलचित्र, बृत्रचित्र, टिभी कार्यक्रम आफ्नो समयमा हेर्न सकिने, मन परेको कार्यक्रम रिमाइन्डर तथा रेकर्ड गर्ने सुबिधा समेत रहेको सुबिसुले बताएको छ ।

प्रतिक्रियाहरु