सुन प्रतितोला ७६ हजार !

२०७६ पुष २१ गते, सोमबार

काठमाडौं , २१ पुष । नेपाल सुनचादी व्यवसायी महासंघले आज फेरि सुन तोलामा ५ सय रुपैयाले बढेर प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएको जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै सोमबार चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार भने तोलामा २० रुपैयाले बढेर प्रतितोला ९ सय २० रुपैयामा कारोबार भैरहेको छ। आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार