सुन प्रतितोला ५७ हजार २ सय

२०७५ मंसिर १४ गते, शुक्रबार

काठमाडौँ, १४ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रति तोला ३ सय रुपैयाले घटेर प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार रु १ सयले घटेर प्रतितोला ५८ हजारमा कारोबार भएको छापावाल सुन सोमबार फेरी तोलामा रु ३ सयले घटेर प्रतितोला ५७ हजार ७ सयमा कारोबार भएको थियो । तर मंगलबार प्रतितोला रु तिन सयले बढेर ५८ हजार प्रतितोला पुगेको छापावाल सुन बुधबार रु ४ सय ले घटेर ५७ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । बिहीबार भने सुन प्रति तोला १ सयले घटेर ५७ हजार ५ सय रुपैयाले कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुनको मुल्य प्रति तोला ५६ हजार ९ सय रुपैया तोकिएको छ । आज चाँदी तोलामा ५ रुपैयाले घटेको छ । बिहिबार प्रतितोला ७ सय ५ रुपैया मा कारोबार भएको चाँदी शुक्रबार तोलाको ७ सय रुपैयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार