सुन तोलाको ९१ हजार ७ सय !

२०७७ असार १७ गते, बुधबार

काठमाडाैं, १७ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको बताएको छ । तेजाबी सुन भने प्रतिताेला ९१ हजार २६५ रुपैयाँ पुगेको छ । यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे । हिजाे मंगलबार भने एक सय रुपैयाँ घटेर ९१ हजार दुई सय रूपैयाँमा काराेबार भएकाे थियाे । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघकाे अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको हाे । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु