सुन तोलाको ६० हजार ४ सय

२०७५ पुष १९ गते, बिहीबार

काठमाडौँ, १९ पुस । सुनको मूल्य ह्वात्तै बढेर तोलाको ६० हजार ४ सय रुपैया पुगेको छ । बुधबार तोलामा एक सयले घटेर प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको थियो । आइतबार, सोमबार, मंगलबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यसैगरी बिहिबार तेजाबी सुन प्रति तोल ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी तोलामा १५ रुपैयाले बढेर प्रतितोला ७ सय ६० कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु