सुन ताेलाकाे ५४ हजार

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं , २६ माघ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आज सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार तोलाको ८ सय रुपैयाँले महंगिएको सुन सोमबार ३ सय रुपैयाँले सस्तिएको थियो । हिजो सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि सुनको मूल्यमा वृद्धि हुने क्रम जारी छ । मंगलबार तेजावी सुनको मूल्य तोलको ५३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा किनबेच भइहरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु