सुनचाँदीको भाउ घट्यो

२०७६ आश्विन ९ गते, बिहीबार

काठमाडौं, ९ असोज । नेपाल सुनचाँदी महासंघले आज सुन तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु