सुनको सिक्री निलेको तीन दिनपछि दिसामा भेटियो

२०७५ श्रावण १४ गते, सोमबार

काठमाडौं , १४ साउन । विराटनगर जलजला रोडको राठी ज्वेलर्समा सुरजकुमार नेपालले सुन निलेका थिए । उक्त सुन दिसा गर्दा निस्किएको छ । नेपालले तीन दिनपछि आज सोमबार सुनको सिक्री दिसा गरेका छन् । ग्राहक बनेर राठी ज्वेलर्समा गएका नेपालले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु