सुनको भाउ ह्वात्तै बढ्यो

२०७६ मंसिर २९ गते, आईतवार

काठमाडौं, २९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रति तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुन प्रति तोला ७१ हजाररुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रति तोला ८४५ रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार र शुक्रबार चाँदी प्रति तोला ८४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु