सुतिरहेको कुकुरलाई सडकसँगै कालोपत्रे गरियो !

२०७५ असार २ गते, शनिबार

काठमाडौं , १ असार । भारतमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको हो । सुतिरहेको कुकुरमाथि सडक कालोपत्रे गरेपछि अहिले भाइरल बनिरहेको छ । कुकुरको आधा शरीरसमेत पिच गरिएको छ । सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा खन्याएर सडकमा नै आधा शरीर पिच गरेपछि कुकुरको ज्यान गएको छ । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो ।
बेलायती सञ्चारमाध्यम मीररको अनुसार कुकुरको पछाडिको खुट्टो पुरै जलेको थियो । सडक पिच गर्ने मजदुरले कुकुर नमरुन्जेलसम्म पिच भत्काउन पनि नमानेको स्थानीयले बताएका छन् ।
कुकुरमाथि कालोपत्रेपछि त्यहाँ भेला भएका पशु संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वर्क्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् । तर यो डिपार्टमेन्टका अधिकारीहरूले यसमा आफूहरूको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिएका मीररले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु