सुडानमा युएनको मालबाहक हेलिकप्टर दुर्घटनाग्रस्त

२०७१ भाद्र ११ गते, बुधबार


काठमाडौं, ११ भदौ । संयुक्त राष्ट्रसंघको एक मालबाहक हेलिकप्टर दक्षिणी सुडानमा दुर्घटनाग्रस्त भएको छ । पाँच जना चालक दलका सदश्य रहेको एमआई ८ हेलिकप्टरलाई खसालिएको हुन सक्ने आशंका संयुक्त राष्ट्रसंघले गरे पनि विस्तृत विवरण आउन बाँकी छ ।दक्षिणी सुडानमा लामो समयदेखि सरकार र बिद्रोहीबीच जारी संघर्षमा हजारौंको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु