सुकुम्बासीको नाममा गलत गर्ने कारवाही पर्ने

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले भुमीहीन-सुकुम्बासीका नाममा गलत काम गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । जग्गा मिलाइदिने प्रलोभन देखाएर भुमीहीन-सुकुम्बासीसंग जथाभावी पैसा उठाउने प्रबृत्ति बढेपछी पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा नेकपा निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका पार्टी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भूमिहीन-सुकुम्बासीका नाममा गलत काम गर्ने जो कोहीलाई कारवाही गर्ने घोषणा गरेका हुन् ।
देश र जनताका पक्षमा लडीरहंदा राज्यपक्षको गिरफ्तारीमा परेको भन्दै अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कास्कीले केन्द्रिय अध्यक्ष रहेका नेकपा नेता पुनलाई बिहिबार एक कार्यक्रम गरी अभिनन्दन गरेको थियो । सोही कार्यक्रममा बोल्दै नेता पुनले सुकुम्बासी बिरोधी गतिबिधि नगर्न र सुकुम्बासीहरुको पक्षमा काम गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अन्य समुहसंग मिलेर सुकुम्बासी बस्तीमा जाने, पैसा उठाउने र ब्ल्याक्मेलिंग गर्ने जस्ता सुकुम्बासी बिरोधी गतिबिधी गर्ने जो कोहीलाई कारबाही गरिने कडा चेतावनी दिए ।
आफ्नो पार्टी भुमिहीम-सुकुम्बासीको पक्षमा लड्ने पार्टी भएको जिकिर गर्दै नेता पुनले पार्टीको नीति र निर्णय बिपरित जथाभाबी सुकुम्बासी बस्ती नबसाल्न उनले अनुरोध गरे । खाली र प्रति जग्गामा नमुना बस्तीका रुपमा बस्ती बसाल्ने र पहिल्यै बसी सकेका बस्तीहरुको जनतालाई लालपुर्जा उपलब्ध गराउन लड्ने पार्टीको स्पस्ट नीति रहेको स्पस्ट पार्दै उनले पार्टी तथा संगठनको निर्णय गरेर मात्र अघि बढ्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कडा निर्देशन दिए ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी आक्रोशले बिगतमा कास्कीका एक-दुई ठाउँमा पार्टी र संगठनलाई जानकारी नदिई पार्टी र संगठनको नीति विपरीत सुकुम्बासी बस्ती बसाल्दा सरकारी दमन सहनु परेको जिकिर गरे ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य एवं अन्नपुर्ण गाउपालिकाका इन्चार्ज परिवर्तनले नेकपाका कुनै पनि नेता तथा कार्यकर्ताले नैतिकता गुम्ने गरी भ्रस्टसंग मिल्ने गरी कदापि सम्झौता नगर्ने बताए । उनले पार्टी र संगठनको निती र सिद्धान्त विपरीत गएर कसैलाई पनि जग्गा दिने झुट्ठा आस्वासन नदिएको उनको जिकिर थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु