सिलवाललाई पक्राउ गर्न खोजिएकोमा एमाले आक्रोशित

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाललाई अपराधी जस्तो व्यवहार गरेर इन्टरपोलमा सूचना राखेर पक्राउ गर्ने भन्दै गरेको तयारी र हल्लाले एमाले आक्रोसित भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नवराज सिलवललाई इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ। सभासदमा बिजयी भएकालाई यसरी चोर जसरी अपमानित गर्नु दुर्भाग्य भएको ठहर गरेको छ । एमाले सांसदलाई छानी छानी विभिन्न अभियोगमा आरोपित गर्ने र अपराधी जस्तो व्यवहार गर्ने व्यवहार प्रतिशोधपूर्ण भएको भन्दै भत्र्सना गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु