सिरुवा पर्व समापन हुदै

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौ, ३ बैशाख । राजवंशीहरुको प्रसिद्ध चाड सिरुवा पर्वको आज अन्तिम दिन एकआपसमा रङ खेलेर मनाइँदैछ । पूर्वको झापा, मोरङ र सुनसरीमा रहेका राजवंशी जातिले प्रत्येक वर्षको वैशाख १, २ र ३ गते विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्दछन् । पहिलो दिन पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रंग दलेर मनाउने चलन छ ।
वर्षभरी शीतल रहोस् भनेर पानी छ्याप्ने, अन्न उब्जाउका लागि अत्यावश्यकीय हिलोको पूजा गरी छ्याप्ने तथा तेस्रो दिन नयाँ वस्त्र लगाएर एक आपसमा रङ छ्याप्दै शुभकामना आदान प्रदान गरिन्छ । कृषि पेसाप्रति सर्वसाधारणलाई आकर्षित गर्ने पर्वका रुपमा पनि यसलाई लिन सकिन्छ ।

प्रतिक्रियाहरु