सिरिया कारवाही बर्बरता मात्र :अमेरिका

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौँ, १० असोज । अमेरिकाले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप लगाएको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवादविरुद्धको लडाई नभई आम जनताविरुद्धको बर्बरता मात्र भएको आरोप लगाए ।
विपक्षीहरुको आश्रयस्थल एलेप्पोमा रुस र सिरियाई सेनाले स्थल र हवाई दुबै तर्फबाट आक्रमण गरेको र दिनमा मात्र १५० भन्दा बढी हवाई आक्रमण गरिएको बताइएको छ । एलेप्पोमा पछिल्लो आक्रमणमा मात्र ४५ जनाभन्दा बढी मारिइसकेका छन् ।

प्रतिक्रियाहरु