सिरिया आक्रमणमा घातक हतियार प्रयोग

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ वैशाख । अमेरिकाले बेलायत र फ्रान्सलाई साथमा लिएर गरिएको पछिल्लो सिरियामाथिको आक्रमणमा घातक हतियार प्रहार गरेको खुलेको छ । शनिबार भएको सिरियामाथिको आक्रमणमा यी विमानबाट घातक हतियार प्रयोग गरिएको जनाइएको हो–
अमेरिकी बी–१ वमवर्षक
अमेरिकाले सिरिया आक्रमणमा आफ्ना बी–१ बमवर्षक विमान प्रयोग गरेको छ । तर उसले कुन हतियार प्रयोग गरेको थियो भन्ने जानकारी दिएको छैन । यद्यपि बी–१ विमानले आकाशबाटै प्रहार गर्न मिल्ने जेएएसएसएम क्षेप्यास्त्र बोक्न सक्ने जनाइएको छ ।
बेलायती टोर्नाडो
बेलायतले ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्र भएको चारवटा टोर्नाडो लडाकु जेटबाट आक्रमण गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयका अनुसार पूर्वी भूमध्यसागरस्थित साइप्रसमा रहेको शाही हवाइ सेनाको शिविरबाट उडेका ती जेटले सिरियाको होम्सलाई निसाना पारे । जेटबाट प्रहार गरिएका ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्रले ४ सय किलो वारहेड बोक्ने गर्दछ, जसले करिब ४ सय किलोमिटर परसम्म मार हान्न सक्छ।
फ्रान्सेली राफेल
सिरिया आक्रमणमा फ्रान्सले राफेल विमान प्रयोग गरेको जनाइएको छ । फ्रान्सेली रक्षामन्त्रीका अनुसार ती विमान फ्रान्सबाटै सिरियातर्फ उठेका थिए। तर बेलायती विमानजस्तै यो विमान पनि आक्रमणका टाढैबाट क्षेप्यास्त्र प्रहार गर्न सक्षम रहेको जनाइएको छ ।
तोमाहक क्षेप्यास्त्र
अमेरिकाले पहिले वपन यस्ता आक्रमणहरुमा तोमाहक क्षेप्यास्त्र प्रयोग गर्ने गरेको आधारमा पछिल्लो सिरिया आक्रमणमा पनि यो प्रयोग गरिएको हुनसक्ने जनाइएको छ । एक वर्षअघि पनि ट्रम्प प्रशासनले यसै क्षेप्यास्त्रमार्फत् सिरियामा आक्रमण गरेको थियो । अमेरिकी मात्र होइन, बेलायत युद्धक जहाजहरुले पनि यो क्षेप्यास्त्र प्रयोग गर्छन् । तोमाहक क्षेप्यास्त्रको मारक क्षमता १२५० देखि २५०० मिटर हुन्छ ।
यसका अतिरिक्त गाइडेड मिसाइल डिस्ट्रोयर पनि प्रयोग भएको जनाइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु