सिभिल अपार्टमेन्टले सर्वसाधारणलाइ बिचल्ली बनायो

२०७१ माघ ६ गते, मंगलवार

काठमाडौ, ६ माघ । राजधानीको सुन्धारामा अवैध तरिकाले निर्माण भइरहेको सिभिल लक्जली अपार्टमेन्टमा सर्वसाधारणको करोडौं रुपैयाँ फस्नपुगेको हो ।जमिन र भवनको एरिया रेसिया नै नमिलाई निर्माण गरिएकाले भत्काउनुपर्ने सिफारिस गरिएको उक्त अपार्टमेन्टको अग्रिम बुकिङवापत सयौं सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरिसकिएको छ । उक्त अपार्टमेन्ट निर्माता सिभिल हाउजिङले हालसम्म उठाएको रकमको विवरण सार्वजनिक गरेको छैन । तर,झन्डै तीनसय व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरिसकिएको छ । तर,झन्डै तीन सय व्यक्तिबाट करोडौं रुपैयाँ उठाएको दाबी सिभिल हाउजिङकै कर्मचारी दाबी गर्छन् । विलासी अपार्टमेन्ट भनेर दाबी गरिएको उक्त परियोजनामा धेरै सर्वसाधारण समेत झक्किनपुगेका छन् । अपार्टमेन्ट भने पनि एक कोठामात्रै लिभिङ रुपमा भएकोले सुन्धाराका होटलजस्तै कोठा हुनेछन् । अत्यन्तै साँधुरा कोठाको फ्लाट अग्रिम बुक गरी निर्माण सुरु गरिएको अपार्टमेन्टमा सर्वसाधारणलाई दिनदहाडै ठगी गरिएको खुल्न आएको छ ।
निर्माण हुने–नहुने अनिश्चयका बीच भवनमा तल्ला थप्ने प्रयास भएपछि महानगरपालिकामा समेत हल्लीखल्ली हुनपुगेको छ । रातारात सेटिङमा नक्सापास गरे पनि महानगरपालिकाकै कानुनशाखामा मुद्दा बाँकी रहेकाले उक्त भवन निर्माण नहुने र उत्काउनैपर्ने जिकिर महानगरका इन्जिनियरिङ फाँटका कर्मचारी गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु