सिद्धबाबा मन्दिरमा पर्यटकको भीड

२०७१ भाद्र १७ गते, मंगलवार


काठमाडौ । सिन्धुलीको प्रसिद्ध धार्मिक स्थल शिद्धबाबा महादेवको मन्दिरमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पर्यटक बढेसँगै स्थानीय व्यवसाय फस्टाउन थालेको छ ।सदरमुकाम सिन्धुलीमाडीबाट करिब २ किलोमिटर उकालो चढेर पुग्न सकिने मन्दीरमा शिवरात्री, माघेसंक्रान्ति, तीज र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ ।
महाभारत पर्वत श्रृंखलाको अग्लो स्थानमा अवस्थित शिद्धबाबा महादेवस्थानमा सिन्धुली, महोतरी, धनुषा, काठमाडौं लगायतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरुको संख्या बढेको छ ।
शिद्वबाबा मन्दिरमा चढाइएको करिब तीनधार्नी तौलको एउटा घन्टामा रन्जना लिपिमा १८१२ लेखिएको हुँदा त्यही आधारमा मन्दिर त्यतिबेलामा नै स्थापना भएको अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार