सिण्डीकेट मान्दैनौं

२०७१ श्रावण २४ गते, शनिबार


काठमाडौं । यातायात व्यवासायीहरुले पूवमा यातायातमा एकाधिकार -सिण्डीकेट) को माग गर्दै गरिएको आन्दोलनलाई तोड्ने बताएका छन् । उनीहरुले शनिबार एक पे्रस विज्ञाप्ती जारी गरी सो कुरा बताएका हुन । केही दिन पहिलेदेखि मेची-कोशीमा आफ्ना मात्र गाडी संचालन गर्न पाउनुपर्ने माग गर्दै मेची बस व्यवासायी संघले यातायात बन्द गरी आन्दोलनमा उत्रेको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवासायी सर्वोच्च महासंघमा आवद्ध उज्यालो यातायात व्यवसायी संघले सिण्डीकेटको विरोधमा आफ्ना सवारी साधनहरु संचालन गरिरहेको छ । महासंघका महासचिव शम्भु अधिकारी र उज्यालो यातायात व्यवासायी संघका अध्यक्ष उमेश खड्काले संयुक्त रुपमा जारी विज्ञाप्तीमा कानुनी पक्रिया पूरा गरी आफूहरुले यातायात संचालन गर्दा पनि विरोध गरिनु आपत्तिजनक भएको बताएको छ । व्यवसाय संचलान गर्न पाउने आफ्नो अधिकारीमाथि धावा बोल्दापनि सरकार चुप लागेको गुनासो गरेका छन् । आर्थिक विधेयकमा र्सार्वजनिक यातायातमा एकाधिकार लगाउन नपाइने भन्ने नीति भएपनि सरकारले कार्यन्वयन नगरेका बताइएको छ । ‘गैरकानुनी र गैरव्यवसायी कथित यातायात बन्द फिर्ता लिई अरुलाइ पनि स्वस्थ प्रतिस्पर्धा गर्नबाट रोक्ने चेष्टा गर्न बन्द गरिनर्ुपर्छ’, यसमा सरकारले पहल नगरे हामी आफै प्रतिकारमा उत्रन बाध्य हुनेछौं’ विज्ञप्तीमा भनिएको छ ।
एक हप्ताभित्र सर्वोच्च अदालतको फैसला र सरकारको नीति अनुसार पूर्वी क्षेत्रमा आफ्ना र्सार्वजनिक सवारी साधन संचालनको वातावरण बनाइदिन सरकारसँग माग गरिएको छ । एकहप्ताभित्र आफ्ना माग पूरा नभएपछि आफूहरु संविधानसभा अगाडी आमरण अनसन बस्न बाध्य हुने विज्ञाप्तीमा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार