सिक्टा सिँचाइ आयोजनाको अनियमितता छानबिन गर्न टोली परिचालन

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौँ, २५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा भएको अनियमितता छानबिन गर्नका लागि टोली परिचालन गरेको छ । राष्ट्रिय गौरवको सो नहर परीक्षणकै क्रममा भत्किएको थियो । अख्तियार स्रोतका अनुसार आइतबारसम्म आयोजनास्थलमा टोली अध्ययनका लागि जनोछन् । नहरको गुणस्तरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्नेबारे शुक्रबार निर्णय भएको हो ।
अख्तियारले जनाएअनुसार अनुसन्धानका लागि आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको छ । यस आयोजन निर्माणमा चरम लापरबाही भएको भन्दै समाचार सम्प्रेसन भएको प्रति ध्यानाकर्षण गराउँदै अनुसन्धान समूह गठन गरिएको हो । अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार अब सो अनुसन्धान समूहले स्थलगत अध्ययनसमेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको छ । गत मंगलबार परीक्षण क्रममा बाँकेको महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोलानजिक आयोजनाको दायाँ मूल नहर भत्किएको थियो । २०६३ सालबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरमा प्रतिसेकेन्ड ५० क्युसेक पानी बग्न सक्ने क्षमता छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार