सिंगापुरका ‘राष्ट्रनायक’ लि क्वान युको निधन

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौं, ९ चैत । सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान यु को ९१ बर्षको उमेरमा निधन भएको छ । ३१ बर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका लि क्वानले मुलुकलाई एउटा समुद्री तटीय शहरबाट विश्वकै उदीयमान अर्थतन्त्रको रुपमा परिणत गराएका थिए ।
लि क्वान सन् २०११ सम्म प्रधानमन्त्रीको रुपमा सक्रिय थिए । सानो टापु मुलुक सिंगापुरलाई विश्वकै समृद्ध देशको रुपमा बदल्न लि क्वानको भुमिका अतुलनीय मानिन्छ । उनलाई सिंगापुरका राष्ट्रपितासमेत भन्ने गरिन्छ । केही आलोचकले भने उनको तनाशाही शैलीलाई खुबै आलोचना गरेका थिए । लि क्वानको पालामा खासगरी मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको थियो । सिंगापुर बेलायतबाट स्वतन्त्र हुँदा तथा मलेसियाबाट अलग हुँदा समेत निकै महत्वपुर्ण व्यक्ति मानिएका लि क्वानको मृत्यु भएको उनकै छोरा एवं हालका प्रधानमन्त्री लि सेन लुङको कार्यालयले पुष्टी गरेको हो । स्वर्गीय क्वानको यही मार्च २९ तारीखका दिन राजकीय सम्मानको साथ अन्तेष्टी गरीने बताईएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु