साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

२०७४ माघ १० गते, बुधबार

काठमाडौं, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्नसकिने बताए । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताए ।
प्रतिष्ठानले ‘विशिष्ट साहित्यकार परिचयपत्र’ र ‘लेखन साहित्यकार परिचयपत्र’ गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो । विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् । लेखन साहित्यकार परिचयपत्र पाउन ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा लेखनमा लागेको हुनुपर्नेछ । – रासस

प्रतिक्रियाहरु