साहसीका युवाले शक्ति देखाएपछि …

२०७३ मंसिर १९ गते, आईतवार

काठमाडौं, १९ मंसिर । साहसी युवा क्लबले कपनस्थित साहित्य सदनमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कपनका स्थानीय युवाहरू मिली सञ्चालित उक्त क्लबले जुझारू युवा समूह पहिचान गरी समाज विकासमा आह्वान गर्ने विशिष्ट उद्देश्य लिएको छ ।
सांस्कृतिक कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विजय वाइबाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिमा इन्द्र राई, विशेष अतिथिहरूमा साहित्यकार, समालोचक तथा पत्रकार अशोक कुँवर `नेत्र´ र सञ्चारकर्मी तथा साहित्यकार रामचन्द्र श्रेष्ठ रहेका थिए । यसै गरी अतिथिहरूमा विभिन्न दलका स्थानीय नेता, कलाकारहरूको उपस्थिति रहेको थियो ।
देश युवाले नै बनाउनु पर्छ भन्दै नव युवा जोस र जागरसहित क्रियाशील व्यक्तित्वहरूलाई आमन्त्रण गरेर कार्यक्रम गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा क्लबका अध्यक्ष वाइबाले बताए । कार्यक्रममा बोल्दै साहित्यकार, समालोचक तथा पत्रकार कुँवरले युवाले अब हरेक समाजबाट उत्साहित भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए । साथै उनले समाजमा व्याप्त भ्रष्टाचार, विकृति, विसङ्गतिलाई निर्मूल पार्न सचेत युवा वाचडगको भूमिकामा रहनुपर्ने भनी युवालाई तताएका थिए । उनले कार्यक्रममा कविता प्रस्तुत गरिरहँदा युवा दर्शकहरू स्तब्ध भए ।
कार्यक्रममा स्थानीय ब्यान्ड, कलाकार, गायकहरूले जोड्दार प्रस्तुति दिँदा युवाहरू स्टेजमै उक्लिएर नाचेका थिए ।

प्रतिक्रियाहरु