सावधान ! क्याण्डी क्रश धेरै नखेल्नुस्

२०७२ बैशाख ६ गते, आईतवार

काठमाडौँ । मोबाइल भेट्ने वित्तिकै क्याण्डी क्रश खेल्ने बानी छ भने तपाइँको लागि दुःखको खवर छ । क्याण्डी क्रश निरन्तर खेल्ने ब्यक्तिको बुढी औंलामा समस्या हुने हालै अमेरिकामा भएको एक घटनाबाट पुष्टी भएको छ । अमेरिकाको क्यालिफोर्नियामा क्याण्डी क्रश खेल्ने एक ब्यक्तिको बुढी औंलाले लामो समयसम्म काम नगरेपछि चिकित्सकहरु चकित भए । कुनै घाउ नभएको र कुनै समस्या नै नभए पनि बुढी औंला लामो समयसम्म चल्दै नचलेपछि क्याण्डी क्रश खेल्दा बुढी औंलाको भित्रको तन्तु च्यातिएको थाहा भयो । २९ वर्षका ती युवक आफ्नो बुढी औंलालाई राम्रोसँग चलाउन नसकेपछि अस्पताल गएका थिए । चिकित्सकहरुले एक्सरे गर्दा उनको औंलाको जोड्ने भागमा भित्री मांसपेसी च्यातिएको थियो । आपूmले ८ हप्तासम्म निरन्तर क्याण्डी क्रश खेलेपछि यस्तो भएको उनले बताएका छन् । यो घटना सार्वजनिक गरेको प्रतिवेदनका लेखक डा एण्ड्रिउ डोनले क्याण्डी क्रश र कुनै कुनै भिडियो गेमले समेत यस्तो असर पर्न सक्ने बताएका छन् । छिटो औंलो चलाउनु पर्ने यस्ता खेलमा औंलामा असर पर्ने उनको भनाइ छ ।
यसैगरी, यदि तपाइँ जतिबेला पनि मोबाइलमा कुरा गरिरहनु हुन्छ या मोबाइल चलाइरहनु हुन्छ भने सावधान रहनुस् । किन भने मोबाइल तपाइँका लागि मन्द विष बनिरहेको पनि हुन सक्छ । कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ । तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा ८३०७३ डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । अन्तर्राष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल १.६ वाटरकिलोग्राम भन्दा बढी हुनुहुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् । रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पु¥याउने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञको अनुसार लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्, चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ । सिग्नल कमजोर भएको समयमा र ब्याट्रि कम भएको समयमा पनि कुरा नगर्नु राम्रो । सकेसम्म हेडफोनमा कुरा गर्नुस् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार