साल्ट ट्रेडिङ ६८ रुपैयाँमै चिनी बेच्दै

२०७५ कार्तिक २० गते, मंगलवार

काठमाडौँ, २० कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ ।
संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री गरिरहेकाे छ । हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ भने कतै ८० रुपैसाँसम्म लिने गरिएकाे छ ।
यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो । तर, उक्त मूल्य प्रचलित बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री नै रोकेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने चेतावनी दिएपछि संस्थानले बिक्री रोकेको थियो । गत साता मात्रै मन्त्रालयमा बसेको संस्थानसहितको बैठकले चिनीको मूल्य निर्धारण गरेपछि चिनी बिक्री सुरु गरेको छ । हाल संस्थानसँग १७ हजार मेट्रिक टन चिनी मौज्दात छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार