साल्ट ट्रेडिङका भ्रष्टहरु कोकोहोलो मच्याउँदै

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौ, १२ भदौ । विभिन्न पत्रपत्रिका र दर्जनौँ अनलाइनबाट साल्ट ट्रेडिङमा भ्रष्टहरुको जगजगी भन्ने समाचार प्रकाशन भएपछि उनीहरुले कोकोहोला मच्याउन थालेको स्रोतले बताएको छ । साल्ट ट्रेडिङ कं. लि. का कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाले कम्पनीमा गरेका भ्रष्टाचारको केही अंश सार्वजनिक भएपछि उनीहरु कोकोहोला मच्याउँदै त्यस्तो समाचारले आफ्नो रौँ समेत हल्लाउन नसक्ने भन्दै सूचना चुहाउने कर्मचारीलाई पत्ता लगाएर जागिरबाटै निकालिदिने धम्की दिन थालेको स्रोतले बताएको छ । आपूmले भ्रष्टाचार गरेको विषय विभिन्न पत्रपत्रिका र दर्जनौँ अनलाइनबाट छताछुल्ल हुन थालेपछि डिभिनिल म्यानेजर ब्रजेशकुमार झा विभिन्न शक्ति केन्द्रको ढोका ढकढक्याउन पुग्न थालेको स्रोतले बताएको छ । साल्ट ट्रेडिङ कं. लि. भित्र भएका भ्रष्टाचारको समाचार सार्वजनिक भएपछि त्यहाँका इमानदार कर्मचारीमा खुसी छाएको एक कर्मचारीले बताए । उनले भने पत्रिकामा यस कम्पनीमा भएका भ्रष्टाचारका केही विषयहरु मात्र समेटिएको रहेछ, कुरा त्यति मात्र होइन, यहाँ त करोडौँ रुपैयाँ भ्रष्टाचार भइरहेको छ । अब भ्रष्टाचार रोक्न हामीहरु पनि अग्रसर भएर लाग्नेछौँ ।
यसै विषयमा साल्ट ट्रेडिङका अर्का कर्मचारी भन्छन्, सायद हाम्रो देशमा यही मात्र यस्तो संस्था होला जसको अध्यक्षमा श्रीमान् र कार्यकारी भूमिकामा श्रीमती छिन् । उनीहरुले यस कम्पनीलाई आफ्नो पेवाजस्तै गरेर सञ्चालन गरेका छन् । आपूm र आफ्नो आसेपासेलाई मुख्यमुख्य पदमा राखेर ब्रह्मलुट मच्याइरहेका छन् भन्दै उनी अगाडि थप्छन्, कम्पनीमा उनीहरुले गरेको व्यापक भ्रष्टाचार र अनियमितता हेर्न लायकको छ । यिनीहरुले कतिसम्म भ्रष्टाचार गर्छन् भन्ने सानो नमुनाको रुपमा उनीहरुको भान्सामा साल्ट ट्रेडिङको नुन, ग्याँस, तेल, मैदा, दाललगायत सम्पूर्ण सामग्रीहरु चोर बाटोबाट पुग्ने गरेको छ । यो सबै बन्दोबस्त मिलाउने डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा हुन् । म्यानेजर झासँग नजिकको सम्बन्ध राख्नुभयो भने तपाईंको भान्सामा पनि साल्ट ट्रेडिङका नुन, ग्याँस, तेल, मैदा, चामल, दाललगायत सम्पूर्ण खाद्यान्नहरु निःशुल्क रुपमा पुग्छन् भन्ने व्यंग्य गर्दै उनी अगाडि थप्छन्, यस कम्पनीमा भएका भ्रष्टाचारविरुद्ध हामीले सम्बन्धित निकाय गुहारी सकेका छौँ र समय आएपछि ती सबै विषय सार्वजनिक हुने नै छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु