सार्क सम्मेलनको लागि महानगरपालिकाले १५ करोड खर्चिने

२०७१ भाद्र १० गते, मंगलवार


काठमाडौ, १० भदौ – काठमाडौ महानगरपालिकाले १८ औं सार्क शिखर सम्मेलनका लागि १५ करोड खर्च गर्ने तयारि गरेको छ ।भवन निर्माण, मर्मत, मुख्य मुख्य ठाउँमा बगैंचा बनाउने, बगैंचा सुधार गर्ने, विरुवा रोप्ने, सडकमा सफाइ गर्ने, फुटपाथ हटाउने र विभिन्न राष्ट्रका झण्डा राख्न नयाँ पोल गाड्ने लगायत कामका लागि १५ करोड रुपैयाँ बजेट छुट्टाईएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार सरकारले तोकेको समयमा गुणस्तरीय काम गर्न प्रक्रिया अगाडि बढिसकेको छ । सरकारले कामका बेला कुनै अफ्ठ्यारो स्थिति आए छिटो भन्दा छिटो जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिसकेको छ ।
सम्मेलनको लागि आवश्यक पर्ने भौतिक तयारी, पार्किङको पर्याप्त व्यवस्था, सम्मेलन हल, बैठक कक्ष र अरु निर्माण लगायतका सबै काम लक्ष्य अनुसार सक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निर्देशन दिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु