सार्कमा जनतालाई सास्ती

२०७१ मंसिर ६ गते, शनिबार

काठमाडौँ । र्सार्क शिखर सम्मेलनभरि राजधानीका जनताले सास्ती व्यहोर्नु पर्ने भएको छ । सरकारले र्सार्क शिखर सम्मेलनको दिन मंसिर १० र ११ गते सम्मेलनका लागि राजधानी ठप्प बनाउने तयारी गरेको छ । सुरक्षा र सवारीको कारण देखाउँदै र्सवसाधारणको दैनिकी प्रभावित हुने गरी ठप्प झैँ पार्न लागेको हो । सरकारले मंसिर नौ गतेदेखि चार दिनसम्म विद्यालय र मंसिर १० र ११ गते सरकारी बिदासमेत दिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकालले विदेशी अतिविशिष्ट पाहुनाको भ्रमण सहजताका लागि बिदा दिइएको बताए । उनले काठमाडौँमा विद्यालयहरुका ८ हजार गाडी रहेको जनाउँदै ती सबै सवारी साधन गुदा र्सार्कमा कठिन हुने भएकाले बिदा दिइएको बताए । ‘अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखको सुरक्षाका लागि बिदा दिने र ट्राफिक सहज बनाउने काम गरिएको हो,’ उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसपी वसन्त पन्तले ट्राफिक व्यवस्थापन सहजताका लागि स्कुल र सरकारी कार्यालय बन्द गर्ने निर्ण्रागरिएको बताए । उनका अनुसार मंसिर ९ देखि १२ गतेसम्म विद्यालयहरु बन्द गरिनेछ । यस्तै, मंसिर ८ गतेदेखि सवारी साधनहरु जोर-बिजोरका आधारमा सञ्चालन गरिने उनले बताए । ८, १० र १२ गते जोर नम्बरका सवारी साधन सञ्चालनमा ल्याइनेछ । ‘नम्बर प्लेटको पछिल्लो अंकलाई आधार बनाइएको हो,’ उनले भने, ‘चारवटा नम्बरमा पछाडिका दुइ नम्बर जोडी हुनेले यिन दिन चलाउन पाउनेछन् ।’ ९ र ११ गते बिजोर नम्बरका सवारी चल्नेछन् । तर अति विशिष्ट व्यक्तिको सवारी चलेका बेला कुनै पनि सवारी चल्न पाउने छैनन् । त्यो बेला ट्राफिक एफएम र १०३ बाट सवारी रुटका बारेमा जानकारी दिइनेछ । अत्यावश्यक सेवाका एम्बुलेन्स, तेल, सञ्चार माध्यम, कूटनीतिक नियोगका सवारी साधनहरु सञ्चालन हुनेछन् । यिनीहरुलाई जोर/बिजोर नलाग्ने बताइएको छ । औपचारिक कार्यक्रम हुने स्थल राष्ट्रिय सभा गृहपछाडिको पुरानो बसपार्क ८ गतेदेखि नै खाली गरिने एसपी पन्तले बताए । पन्तका अनुसार त्यहाँ पार्किङ हुने सवारी साधनलाई सानो गौचरण, लैनचौर, कीर्तिपुरस्थित त्रिवि गेटमा राखिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार