सार्कमा उपत्यकाका सडक बन्द हुने

२०७१ कार्तिक १४ गते, शुक्रबार


काठमाडौं । सार्क शिखर सम्मेलनका बेला चार दिनसम्म उपत्यकाका मुख्य सडक दिनभरिजस्तै बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।सम्मेलनको विस्तृत कार्यक्रम तय भइनसकेकाले ट्राफिक व्यवस्थापनबारे विस्तृत योजना बनिसकेको छैन । ट्राफिक प्रहरीका अनुसार सम्मेलन सुरु हुने अघिल्लो दिन ९ मंसिरमा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु आउने भएकाले सो दिन विमानस्थलदेखि सोल्टी होटलसम्मको बाटोमा बन्द हुनेछ ।
राष्ट्रप्रमुखहरु बिहानदेखि बेलुकासम्म आउने भएकाले सडक दिनभरजस्तै खाली बनाउने ट्राफिक प्रहरीले जनाएको छ । सम्मेलन हुने दुई ११ र १२ मंसिरमा पनि सोल्टी होटलबाट राष्ट्रिय सभागृहसम्म जाँदा कम्तीमा दुई घन्टा सडक खाली हुनेछ ।
रत्नपार्कलगायतका क्षेत्र लामो समय खाली बनाइँदा त्यसको असर उपत्यकाको सम्पूर्ण ट्राफिक व्यवस्थापनमा पर्ने छ । ट्राफिक लगायतका व्यवस्थापनका लागि सार्क सम्मेलनको दुई दिन सार्वजनिक बिदा दिनुपर्नेबारे छलफल भएको छ ।छलफल भएपनि निर्णय नभइसकेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार