सार्कको मन्त्री स्तरीय वैठक आगामी असोज १ देखि

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाण्डौं ।आगामी असोज १ गते देखि ३ गते सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको मन्त्री स्तरीय वैठक काठमाण्डौंमा आयोजना हुने भएको छ । नेपाल, भारत, पाकिस्थान, भूटान, बंगलादेश, श्रीलङ्का, मालदिप्स र अफगानिस्थानका गृहमन्त्री तथा गृह सचिव सहितका उच्च अधिकारीहरुले ३ दिन सम्म छलफल गर्नेछन् । असोज १ गतेमा सार्कका अध्यगमन अधिकारी स्तरीय वैठक बस्ने छ भने २ गते सचिव स्तरीय वैठक बस्नेछ । ती दुबै वैठकका निचोडलाई मन्त्री स्तरीय वैठकमा राखेर छलफल गरिने गृहमन्त्रालयले जनाएको छ । वैठकमा मानव वेचविखन, आतंकवाद, लागु औसत, सीमापार अपराध र भ्रष्टचार लगायतका समस्याका बारेमा सामुहिक सहयोग आदन प्रदान गर्ने बारे छलफल हुने बताइएको छ । यसपटक देखि साइवर अपराधको विषयमा पनि सार्क गृहमन्त्री स्तरीय वैठकमा एजेण्डाको रुपमा प्रवेश गर्न लागेको बताइएको छ ।

प्रतिक्रियाहरु