सामाजिक सञ्जालमार्फत पठाएका उजुरीको सुनुवाई हुने

२०७३ पुष २४ गते, आईतवार

काठमाडौं, २४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ ।
ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही थालिएको हो । लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभाबी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने निजी तथा सरकारी साधनको तस्बिर खिंचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउनेबित्तिकै महाशाखाले उक्त सवारीधनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिए । उनले भने, ‘दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरेका छौँ ।’ उनले दैनिक पाँचदेखि सातवटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीमाथि कारबाही गरिएको बताए । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई रु एक हजार जरिवाना गर्दै आएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार