सामाजिक संजालमा गरिने विज्ञापनको स्रोत खोजिने

२०७६ श्रावण १२ गते, आईतवार

काठमाडौं , १२ साउन । सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आज बसेको विकास समितिको बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था समेटिएको छ । विज्ञापन वोर्डलाई विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको पनि अनुगमन गर्र्न उसले आवश्यक ठान्दा विज्ञापन रोक्न सक्ने व्यवस्था गरिएको छ । आज पारित वोर्डको काम, कर्तव्य र अधिकारसँग सम्बन्धित दफामा भ्रम वा उत्तेजना फैलाउने, अमर्यादित र भेदभावजन्य विज्ञापन प्रशारण भए नभएको अनुगमन गरी कारबाही गर्ने व्यवस्था छ ।
त्यस्तै विदेशी च्यानलहरुबाट प्रशारण हुने विज्ञापनहरु मापदण्ड विपरीत भए नभएको अनुगमन गरी कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गर्ने व्यवस्था पनि समेटिएको छ । तर यो व्यवस्थामा विदेशी च्यानललाई कसरी कारबाही गर्ने भन्ने विषयमा प्रष्ट गराउन सांसदहरुले माग गरेका छन् । वोर्ड गठनसम्बन्धी विधेयकमा उल्लेखित अधिकांश विषय तोके बमोजिम हुने भन्ने विषयमा पनि सांसदहरुले प्रष्टता खोजेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु