सामाजिक परिचालकद्वारा पुनर्बहालीको माग

२०७४ माघ ८ गते, सोमबार

काठमाडौं, ८ माघ । संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले बिना जानकारी सेवाबाट अवकाश गरेका भन्दै नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलन सुरु गरेको छ । संघले पुनर्बहालीको माग गर्दै आज काठमाडौंको माइतीघरमन्डलमा प्रदर्शन गरेको छ । उनीहरुले स्थानीय तहमा समायोजन गर्न माग गरेका छन् । आन्दोलन समितिका संयोजक मनीषा विमलीले सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताइन् । उनले स्थानीय तहमा कार्यरत् सामाजिक परिचालकलाई सम्बन्धित तहमै समायोजन गरी एकपटकलाई उमेरको हदबन्दी नलगाइ दरबन्दी सिर्जना गर्नुपर्ने माग गरिन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु