सामसुङ ग्यालेक्सी S5 सार्वजनिक गरिदै

२०७० चैत्र २८ गते, शुक्रबार

काठमाडौ, २८ चैत।केही महिनाअघि मात्र विश्वबजारमा आएको सामसुङ ग्यालेक्सी S5 को नेपालमा आज(शुक्रबार) सार्वजनिक गरिदैछ। सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ्ग सर्भिसेज (आइएमएस)ले नेपाली उपभोक्तालाई लक्षित गरी आज सर्वजनिक गर्न लागिएको जानकारी दिएको छ।
दक्षिण कोरियाली कम्पनीको ब्राण्डको स्मार्ट फोन सामसङ ग्यालेक्सी S5 शुक्रबारबाटै नेपाली बजारमा उपलब्ध हुने समेत आइएमएसले जनाएको छ। यसको बजार मुल्य झण्डै ७६ हजार रुपैयाँ तोकिएको छ। सामसङ S5 खरिद गर्न नेपाली उपभोक्ताले चैत २४ गतेसम्म कम्पनीको फेसबुक पेजबाट फारम डाउन्लोड गरेर त्यसलाई भरेर १० हजार रुपैयाँसहित सामसुङका बिक्री केन्द्र वा सामसुङ स्मार्टफोन क्याफेमा अग्रिम बुकिङ गराएका थिए।
यसरी अग्रिम बुकिङ्ग गर्ने ग्राहकले ३ हजार ८ सय पर्ने सामसुङकै ‘एस भ्यु’ नामक स्मार्ट उपकरण सित्तैमा पाउनेछन्। यसका साथै थप अग्रिम बुकिङ्ग गर्ने ग्राहकबीच गोला प्रथा गराएर विभिन्न पुरस्कार पनि दिइनेछ। कम्पनीका अनुसार गोला प्रथामा छ जना भाग्यशाली नेपाल टेलिकमको पाँच जिबीको डाटा प्याकेज, ५ जनाले पाँच महिनाको हेल्थ क्लबको सदस्यता, ५ जनाले म्यागजिनको लागि फोटोसुट, पाँच जनाले सामसुङ गिर फिट र ५ जनाले औपचारिक बिक्री सुरुवात कार्यक्रममा निमन्त्राको पुरस्कार पाउनेछन्।
यसका साथै सामसुङ S5लाई आइएमएसले पहिलो पटक डाटा सेवाका लागि नेपाल टेलिकमलाई रोजेको छ। उसले टेलिकमसँग सहकार्य गरी सामसुङ S5 J डाटा सेवाको लागि बण्डलिङ गरर्नेछ । ग्यालेक्सी एस फाइभ किन्नेले ४ महिनासम्म मासिक १ जिबीका दरले टेलिकमको डाटा प्याकेज नि: शुल्क पाउनेछन्। तर यसअघि कम्पनीले एनसेलको डाटासँग बण्डलिङ गरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु