सामसुङ ग्यालेक्सी एस ६ बजारमा

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ । सामसुङले ग्यालेक्सी फोन सिरिजका दुई नयाँ संस्करण सार्वजनिक गरेको छ । बार्सिलोनामा भएको मोबाइल कंग्रेसबाट सामसुङले ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको हो ।
ग्यालेक्सी एस ६ एजको स्क्रिन किनारबाट मोडिएको छ । सामसुङका नयाँ फोन आउँदो अप्रिल १० बाट २० वटा देशको बजारमा बिक्रिवितरण सुरु हुने जनाइएको छ । नयाँ संस्करणमा केही चुनिएका नम्बरमा तुरुन्त सम्पर्क गर्ने तथा आवश्यक जानकारीका लागि सचेत गराउन सकिने कम्पनीको दाबी छ ।
ग्यालेक्सी एस ६ एजमा एस ५ को भन्दा राम्रो स्क्रिन छ जसलाई किनारबाट मोडिएको छ । नयाँ संस्करणमा प्लाष्टिकको साटो मेटलको फ्रेम छ । आइ फोन ६ मा भन्दा ग्यालेक्सी एस ६ र एस ६ एजको ब्याट्री चार्ज गर्न आधाभन्दा कम समय लाग्ने कम्पनीले जनाएको छ । वायरलेस चार्जिङको सुविधा पनि रहेको फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुने जनाइएको छ । १६ मेगापिक्सलको क्यामेरा रहेको फोनको फ्रन्ट क्यामेरा पनि पाँच मेगापिक्सलको छ । यो क्यामेराले एक सेकेण्ड भन्दा कम समयमा पनि फोटो खिच्न सक्ने र कम प्रकाश भएको बेलामा पनि फोटो तथा भिडियो खिच्न सकिने छ । एस ६ को यो नयाँ संस्करणमा ६४ बिट प्रोसेसर छ जुन बढी पावरफुल तथा उर्जा किफायती पनि छ । यसको टच स्क्रिन एस ५ को भन्दा राम्रो तथा तिब्र रहेको कम्पनीले जनाएको छ । यस्तै स्क्रिनमा समय तथा मौसमबारेको जानकारी पनि रहने छ । तर एस ६ का नयाँ फोन वाटर प्रुफ नभएको र बाहिरी मेमोरिकार्ड पनि राख्न नसकिने विशेषज्ञले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु