सामसुङ ग्यालेक्सी एस–४ पड्कियो

२०७१ श्रावण ११ गते, आईतवार


काठमाडौं । कतिपय मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल फोन सिरानी मुनि राखेर सुत्ने गरेको पाइन्छ । कसैकसैले त हेलचेक्राइ गरेर चार्जर समेत जोडेर पनि सिरानी मुनी घुसारेर सुत्ने गरेको पाइन्छ । मोबाइल फोनमा आएका समस्याले आगलागी, घाइते तथा मान्छेको ज्यानै समेत जाने गरेको पटक पटक समाचार सार्वजनिक भइ रहेका छन् । मोबाइल फोन बोक्ने सबैले केही यस्ता कुराहरुलाई ध्यानमा राख्नु जरुरी छ जो आफ्नै सुरक्षाका लागि हो ।
अमेरिकाको टेक्सासमा यस्तै एउटा घटना घटेको छ । एक १३ वर्षीया बालिकाको सामसुङ ग्यालेक्सी एस–४ मोबाइल पड्किएको छ । राती सिरानी मुनि घुसारेर सुतेकी उनको मोबाइल फोन अचानक पड्किएको हो । एरियल टोलफ्री नामकि ति बालिकाले सिरानी मुनी राखेको फोनमा अचानक आगो लागेपछि मात्रै थाहा पाइन त्यो समयमा उनको मोबाइल र सिरानी, डसना जलिरहेको थियो । एरियलले घटना बारे मिडिया र सम्बन्धित कम्पनीलाई जानकारी गराईन । कम्पनीले उक्त मोबाइलमा ओर्जिनल ब्याट्री प्रयोग नगरी लोकल ब्याट्री प्रयोग भएकोले यस्तो भएको र आफ्नो कम्पनीको मोबाइल एकदम सुरक्षित भएको दाबी गरेको छ । कम्पनीले क्षतिपूर्ति बापत एरियललाई एक मोबाइल सेट, तकिया, डसना लगायतका जलेका सामान दिने भएको छ । कम्पनीले मोबाइल सेटमा प्रयोग हुने समानहरु र सुरक्षाका उपायहरुको बारेमा सेटमै राखिएको चेतावनी स्टिकर पढ्न र सावधान रहन अनुरोध पनि गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु